प्रधानमन्त्री कप क्रिकेट : कोशीको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशीको पहिलो जित


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा कोशी प्रदेशले पहिलो जित निकालेको छ । 

भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशी प्रदेशले ८ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभर ४ बलमा अलआउट हुँदै ३१ रन बनाएको थियो ।

कोशीका विपिन महतोले ६ तथा फिर्दोस अन्सारीले ३ विकेट लिए । 

यो जितपछि कोशीले ५ खेलबाट एकमा जित र ४ मा हारसहित २ अंक जोडेको छ । चार खेल खेलेको गण्डकीको तीनमा हार र एकमा जितसहित २ अंक नै छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ०४ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी