प्रधानमन्त्री कप क्रिकेट : कोशीको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशीको पहिलो जित


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा कोशी प्रदेशले पहिलो जित निकालेको छ । 

भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशी प्रदेशले ८ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभर ४ बलमा अलआउट हुँदै ३१ रन बनाएको थियो ।

कोशीका विपिन महतोले ६ तथा फिर्दोस अन्सारीले ३ विकेट लिए । 

यो जितपछि कोशीले ५ खेलबाट एकमा जित र ४ मा हारसहित २ अंक जोडेको छ । चार खेल खेलेको गण्डकीको तीनमा हार र एकमा जितसहित २ अंक नै छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ०४ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते