जब गुलाम अली गुञ्जिने कार्यक्रममा भनियो– उहाँ आइपुग्नुअघि नै मदिरा पिइसक्नू « Khabarhub

जब गुलाम अली गुञ्जिने कार्यक्रममा भनियो– उहाँ आइपुग्नुअघि नै मदिरा पिइसक्नू


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा सांगीतिक प्रस्तुति दिएका छन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रम ‘गुलाम अली : थ्री जेनेरेसन अन स्टेज’ का लागि उनी नेपाल आएका हुन् ।

ब्यान्ड सदस्यसहित नेपाल आएका अलीले शनिबार साँझ ललितपुस्थित होटल प्लाजामा आफ्ना लोकप्रिय गीत गाएका थिए ।

उनले नेपाली गीतहरूमा ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला आँखा’लगायत गाएका थिए ।

उनले आफू दोस्रो पटक नेपाल आएर दर्शकसँग साक्षात्कार गर्न पाउँदा खुसी महसुस भएको सुनाए । उनले भने, ‘म पहिलो पटक नेपाल आउँदा युवा थिए । यो दोस्रो पटक हो । नेपाली दर्शकको मायाले यो सम्भव भएको हो ।’

उनले दुई घण्टा लामो सांगीतिक प्रस्तुति दिए । उनले आफ्ना लोकप्रिय गीत गाएर नेपाली समर्थकलाई मनोरञ्जन दिए । उक्त कार्यक्रममा उनका छोरा अमिर र नाति नाजिरले पनि सांगीतिक प्रस्तुती दिए ।

गायक अलीको धर्म मुस्लिम हो । अहिले मुस्लिमहरुको प्रमुख पर्व रमजान चलिरहेको छ ।

मदिरा निषेध

अली रमाजनाको नित्यकर्म गर्नुपरेकाले कार्यस्थलस्थलमा तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिलो आउने जानकारी दिइयो ।

उनको ढिलाइले उपस्थित दर्शकहरू खानपिनमा लागे । कार्यक्रम हुने हलमा खाना र मदिरा लैजान दिइएको थियो ।

करिब साँझ सवा ७ बजे अली कार्यक्रमस्थलमा प्रवेश गरे । त्यसअघि नै मदिराका बोतल र गिलास खाली गर्न कार्यक्रम सञ्चालकले दबाब दिए ।

कार्यक्रम सञ्चालकले भने, ‘रमजान चलेकाले अली साहेबले मैले गीत गाउँदा मदिरा पिएको दृश्य देख्नु नपरोस् भन्नुभएको छ । धर्मिक कारणले उहाँले यो आग्रह गर्नुभएको हो । तपाईंहरूले उहाँ आउनुभन्दा अघि नै मदिरा खाली भइसकोस् ।’

तर आयोजकबाट कार्यक्रमस्थलमै मदिरा बेचिएको थियो । मदिरासँगै गजल सुन्ने माहोलमा उपस्थित दर्शकहरू थिए । मदिरा पिउन नपाइने उद्घोषले केहीले मन खिन्न बनाए ।

केहीले भन्दै थिए, ‘खान नपाए किन बेच्नू ? यो त आयोजकको कमजोरी हो ।’ तर, धार्मिक कारण र अलीको सम्मानमा उनीहरूले मदिरा पिएनन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : १४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल