एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो | Khabarhub Khabarhub

एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।

उनले वि.सं. २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्सा रहेको तर २०१७ सालपछि पञ्चायतपछि त्यो हराएको भन्दै जवाफ मागेका छन् । पन्तले गणतन्त्र आएपछि चुच्चे नक्सा ल्याएको बताए । चुच्चे नक्सा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न गरे ।

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर। प्रयोग गरिएकोबारे प्रश्न उठाए ।

‘तपाईंहरू जुलुस निकाल्नुहुन्छ, राजावादीको भनेर । त्यहाँ यसो हेर्यो, सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’ उनले राजा महेन्द्रको सक्रिय राजतन्त्रकै पालामा नेपालको चुच्चे नक्‍सा हराएको आरोप लगाए ।

राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्सामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तले बताए ।

ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्ड पनि उनले स्मरण गराए । उनले तत्कालीन शाहज्यादा पारस शाह जोडिएको गायक प्रविण गुरुङको हत्याको प्रसंग पनि निकाले ।

उनले नेपाली जनतालाई राजतन्त्र नचाहिएको दाबी गरे । ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन’, उनले भने, ‘त्यो विषयमा यो संसदभित्र छलफल गर्न पाइँदैन । राजतन्त्र भनेको विशेषाधिकार हो । संसारको प्रवाह भनेको गणतन्त्र हो ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ४७ बजे

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा