कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ « Khabarhub

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य राना, घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण चौधरी, २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवल उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश कार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

बोहराका अनुसार रानालाई धनगढी उपमहानगरपालिका–३ को त्रिनगर ब्यारेल नजिकै भारतबाट धनगढीतर्फ आइरहेका बेला उनी सवार सुप प्र०१०१२ प ५४७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

अन्य चार जनालाई भने घोडाघोडी नगरपालिका–७ को हरिनगरस्थित सोही ठाउँका लक्ष्मण चौधरीको घरमा लागूऔषध खैरो हिरोईनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

चौधरीको घर कोठामा खानतलासी गर्दा सुटकेशभित्र राखिएको कोटको गोजीबाट १५ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको थियो । 

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम लागूऔषधको कारोबार दैनिक जसो बढिरहेको देखिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ५५ बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले