विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्‍यो परीक्षा « Khabarhub

विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्‍यो परीक्षा


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापरबाही गरेको छ । विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षामाबीचैमा स्थगित गरिएको छ । 

स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । 

परीक्षामा लेख्दै गरेका विद्यार्थीलाई विश्वविद्यालयले अचानक परीक्षा स्थगन भएको जानकारी दिँदै चरम लापरबाही गरेको हो । यसमा विद्यार्थीहरू असन्तुष्ट बन्दै आलोचना गरिरहेका छन् ।

बिहान साढे ६ बजे सुरु भएर प्रश्न पत्र र उत्तरपुस्तिका वितरण भइसकेको थियो । विद्यार्थीले लेख्न सुरु पनि गरिसकेको थिए । तर एक्कासि परीक्षा स्थगन गरिएको थियो । 

विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा परीक्षा सुरु भएपछि मात्रै आधिकारिक जानकारी गराएर औपचारिकता निभाए जस्तो गरेको छ । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको जनाएको छ । परीक्षा स्थगन गर्नुको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १ : ०० बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा