लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैन : प्रधानमन्त्री ओली « Khabarhub

लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैन : प्रधानमन्त्री ओली


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका छन् । 

आइतबार काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका हुन् । 

उनले सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको धारणा पनि राखे । उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्त्व दिन तत्पर रहेको स्पष्ट गरे । 

त्यस्तै उनले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको जिकिर गरे ।

महिला र पुरुषसहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्ने र सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उनले बताए । 

उनले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सबैको सुझावका आधारमा सरकारका नीति, व्यवहार र कानुनहरूलाई परिष्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगीकरणको प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए । 

उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारी लगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराए ।  

सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : २१ बजे

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित

काठमाडौं– विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने