ज्ञानेन्द्र शाही भन्छन्- अहिलेको व्यवस्था जनतालाई होइन, सीमित नेतालाई चाहिएको हो « Khabarhub

ज्ञानेन्द्र शाही भन्छन्- अहिलेको व्यवस्था जनतालाई होइन, सीमित नेतालाई चाहिएको हो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभई सीमित नेताहरूलाई चाहिएको बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सीमित नेताहरूलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको बताएका हुन् ।

उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे ।

सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभई सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौती दिए ।

त्यस्तै उनले विभिन्न कालखण्डका हत्या प्रकरण देख्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको तर्क गरे ।  

सांसद शाहीले निर्मला पन्तको हत्यारा समेत पत्ता नलाउन नसक्ने तर बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरू सांसद बनेर हिँडिरहेको जिकिर गरे । 

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : ३१ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको