ज्ञानेन्द्र शाही भन्छन्- अहिलेको व्यवस्था जनतालाई होइन, सीमित नेतालाई चाहिएको हो « Khabarhub

ज्ञानेन्द्र शाही भन्छन्- अहिलेको व्यवस्था जनतालाई होइन, सीमित नेतालाई चाहिएको हो


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभई सीमित नेताहरूलाई चाहिएको बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सीमित नेताहरूलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको बताएका हुन् ।

उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे ।

सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभई सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौती दिए ।

त्यस्तै उनले विभिन्न कालखण्डका हत्या प्रकरण देख्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको तर्क गरे ।  

सांसद शाहीले निर्मला पन्तको हत्यारा समेत पत्ता नलाउन नसक्ने तर बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरू सांसद बनेर हिँडिरहेको जिकिर गरे । 

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १ : ३१ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा