कांग्रेस सचेतक घिमिरेको प्रस्ताव- यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ « Khabarhub

कांग्रेस सचेतक घिमिरेको प्रस्ताव- यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने बताएका छन् । 

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका हुन् ।

‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भने, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

https://www.facebook.com/share/r/18i279sFcz

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : ०४ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता