प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई लुम्बिनीले ४८ रनले हरायो « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई लुम्बिनीले ४८ रनले हरायो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछाएको बागमतीले २२.५ ओभरमा अल आउट हुँदै ६७ रन मात्र बनाएको थियो ।

बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरोहिया र सुमन सुनुवारले ११-११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहान र बिप्रासन केसीले ३-३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२.४ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्बाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५-१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।

जारी पीएम कपमा यो लुम्बिनीको तेस्रो जित हो । लुम्बिनीको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ । त्यस्तै बागमतीको भने चौथो खेलमा तेस्रो हार हो । बागमतीको ४ खेलमा एक जितबाट २ अंक रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : ३४ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको