प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई लुम्बिनीले ४८ रनले हरायो « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई लुम्बिनीले ४८ रनले हरायो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछाएको बागमतीले २२.५ ओभरमा अल आउट हुँदै ६७ रन मात्र बनाएको थियो ।

बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरोहिया र सुमन सुनुवारले ११-११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहान र बिप्रासन केसीले ३-३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२.४ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्बाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५-१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।

जारी पीएम कपमा यो लुम्बिनीको तेस्रो जित हो । लुम्बिनीको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ । त्यस्तै बागमतीको भने चौथो खेलमा तेस्रो हार हो । बागमतीको ४ खेलमा एक जितबाट २ अंक रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : ३४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको