यो शालिक कसको ? ‘संविधानका पिता’ को ! « Khabarhub

यो शालिक कसको ? ‘संविधानका पिता’ को !


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठकवृन्द ! माथिको तस्बिरमा देखिएको शालिक कसको होला, तपाई चिन्न सक्नुहुन्छ ? सक्नुहुन्न भने हामी ‘हिन्स’ दिन्छौं– गत फागुन २८ गते इलाममा अनावरण गरिएको यो शालिक ‘संविधानका पिता’ को हो ।

अनुहार हेरेर तपाईले चिन्न सक्नुभएन भने चिनाइहालौं यो शालिक संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको हो ।
सुवासचन्द्र नेम्वाङ स्मृति प्रतिष्ठान, इलामद्वारा निर्मित यो शालिक भद्दा रहेको र नेम्वाङको अनुहारसँग मेल नखाएको भन्दै आलोचना र टिप्पणी हुन थालेको छ ।

साथै, नेम्वाङलाई ‘संविधानका पिता’ भनिएकोमा पनि सामाजिक सञ्जालमा आलोचना र टिप्पणी सुनिएका छन् ।

त्यसो त देशमा राष्ट्रपिता, राष्ट्रकवि, आदिकवि, कवि शीरोमणि, महानायक इतयादि पगरीहरु गुथाउने प्रचलन छ । तर, सुवासचन्द्र नेम्वाङलाई अहिलेसम्म कसैले पनि ‘संविधानका पिता’ को पदवी दिएको छैन । जबकि शालिकमा उनलाई ‘संविधानका पिता’ भनिएको छ ।

शालिकको कला पक्षमाथि प्रश्न उठाउँदै पत्रकार विराट अनुपमले सामाजिक सञ्जालमा लेखेका छन्–

‘मान्य सदस्यहरु अरनिको जस्तो कलाकार जन्माएको देश नेपालमा यस्तोखाले ओरिजिनल अनुहार नै गायब बनाएर बनाइएको यो शालिक किन उभ्याइएको होला ? परलोकका भेला भएका मान्य सदस्यहरुलाई सुबासचन्द्र नेम्बाङले यही प्रश्न गर्दै होलान् !’

अनुपमको भनाइमा सही थाप्दै दिलिप बान्तवा यस्तो लेख्छन्–

‘बिराटजीले भन्नुभए जस्तै अरनिको जन्मिएको देशमा फाइन आर्टकै बिजोग देखाइएको यो मुर्तिले कुरिकुरी लाग्नुपर्ने मान्छेहरुलाई लाग्यो लागेन थाहा छैन। तर एउटा सम्मान लायक नेताप्रतिको खेलाँची भने पक्कै हो यो।

दलीय हिसाबले एउटा पार्टिको नेता भए पनि राजनैतिक रुपमा सुवास नेम्बाङ पार्टीभन्दा माथिल्लो हैसियत भएको लिडर हुनुहुन्थ्यो। उहाँको नामको अगाडि जुन फुर्को झुन्ड्याइएको छ नि, ‘संविधानका पिता’ भनेर, यो फुर्को आवश्यक नै छैनजस्तो लाग्छ। सुवास नेम्बाङ, आफैंमा एउटा पूर्ण नाम हो।

नेपालमा सक्कलबमोजिम हुबहु नक्कल उतार्न सक्ने सयौँ कलाकार छन्। तर, यो तहको कलामा नेम्बाङलाई प्रतिस्थापित गर्नुपर्ने के त्यस्तो खण्ड आईलाग्यो खै ‘सुवासचन्द्र नेम्बाङ स्मृति प्रतिष्ठान इलाम’ लाई ? यो त उहाँको इतिहासलाई जोगाइराख्ने भन्दा पनि बङ्ग्याउने काम गर्नेतिर उद्यत भएको त होइन भन्ने पो देखायो त।

यस्तो अमिल्दो मूर्ति राख्नुभन्दा त बरु एउटा स्तम्भ मात्रै राखे उत्तम हुने। नत्र सुवास नेम्बाङको वास्तविक आकृति झल्किने मूर्तिले चुपचाप यो मूर्ति रिप्लेस गरिए गज्जव हुनेछ।’

यसैबीच, इलाम लिट्रेचर फेस्टिभलमा भाग लिन पुगेका तेह्रथुम लालीगुराँस नगरपादिलाका मेयर अर्जुनबाबु माबुहाङले पनि फेसबुकमा शालिकको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘संविधान जारी गर्ने सभामुख सुबास नेम्बाङको मूर्ति । तर, अनुहार नमिलेको ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : १० बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा