ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक : खेलकुदमन्त्री चौधरी « Khabarhub

ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक : खेलकुदमन्त्री चौधरी


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ ।  

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुदमन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक रहेकाले कार्यसमितिका गतिविधि गैरकानुनी रहेको बताए।

नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए । उनले ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक भए पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने बताए ।

मन्त्री चौधरीले सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै ओलम्पिक कमिटीले लगाएको आरोपको खण्डन गरे । उनले खेल क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन सहितका कार्यका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।

यसअघि शुक्रबार ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै सरकारले खेलाडी र पदाधिकारीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अवरोध गरेको आरोप लगाएको थियो । मन्त्री चौधरीले गलत सूचनामा आधारित भएर कुनै पनि धारणा नबनाउन आग्रह गरे  ।

उनले स्वायत्तता र स्वतन्त्रताको नाममा देशको कानूनी शासनको धज्जी उडाउने र सरकारी हस्तक्षेपको बहनामा देशको खेल क्षेत्र मनपरी गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ५ : २४ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १