अर्थसंक्षेप : ऊर्जामन्त्रीलाई सर्वोच्चको अर्को अंकुश, २१ अंकले घट्यो नेप्से र भारतबाट १२ घण्टा मात्रै बिजुली आपूर्ति हुने | Khabarhub Khabarhub

अर्थसंक्षेप : ऊर्जामन्त्रीलाई सर्वोच्चको अर्को अंकुश, २१ अंकले घट्यो नेप्से र भारतबाट १२ घण्टा मात्रै बिजुली आपूर्ति हुने


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर २ गते बनाएको विज्ञहरूको कार्यदललाई तत्काल काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार नेप्से २१ अंकले घट्यो ।

आजबाट भारतबाट १२ घण्टा मात्रै बिजुली आपूर्ति हुने भएको छ, तर लोडसेडिङ भने नहुने प्राधिकरणले जनाएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले राखेको ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी,नियामक र निरीक्षण लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ ।

आजका आर्थिक समाचार

ऊर्जामन्त्रीलाई सर्वोच्चको अर्को अंकुश, कुलमानले काटेको बिल हेर्न बनाएको समितिविरुद्ध अन्तरिम आदेश

डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर २ गते बनाएको विज्ञहरूको कार्यदललाई तत्काल काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

ऊर्जामन्त्री दीपक खड्काले मिश्र नेतृत्वमा कानुनविपरित उक्त कार्यदल बनाएको भन्दै अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

२१ अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भएको शेयर कारोबारमा नेप्से २१.६३ अंकले घटेको छ ।

६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से परिसूचक घट्न गई ०.७९ प्रतिशतले पुँजीकरणसमेत घटेको हो ।

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउन ताकेता

नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।

निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।

उच्च प्रतिफल दिने आयोजनामा वैदेशिक सहायता स्वीकार गर्ने सरकारको नीति छ : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च प्रतिफल दिने आयोजनाहरूमा वैदेशिक सहायता स्वीकार गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि भएको छलफलमा क्रममा आएका जिज्ञासाको जवाफ दिँदै पौडेलले वैदेशिक सहयोग स्वीकार वा परिचालन गर्दा आवश्यकतामा जोड दिने र उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिने नीति रहेको बताएका हुन् ।

‘ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण क्षेत्रमा सुधार गर्नुपर्ने’

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले राखेको ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । १२ मार्चमा बसेको कोषको कार्यकारी बोर्डको बैठकपछि उप–प्रबन्धक बो लीले वक्तव्यमार्फत सो बताएका हुन् ।

बोर्डको बैठकमा कार्यकारी निर्देशकहरूले नेपालको वित्तीय क्षेत्रमा देखिएको समस्यालाई गम्भीर रूपमा लिएको लीले उल्लेख गरेका छन् ।

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरेको हो ।

विभागले विद्युत् खरिद बिक्री सम्झौताका लागि लामो समय लाग्ने हालको अवस्था र ठूला प्रकृतिका आयोजनालाई वित्तीय व्यवस्थापन गर्न लाग्ने समयलाई ध्यानमा राख्दै १०० मेगावाटभन्दा बढी जडित क्षमता भएका आयोजनालाई दुई वर्ष समय थप गर्ने व्यवस्था गरेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सार्वजनिक, बुधबार अन्तर्वार्ता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन परेकोमा पाँच जनालाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।

भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ६ : ५१ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै