‘डोरी’को ट्रेलरमा डोरीको खोजी « Khabarhub

‘डोरी’को ट्रेलरमा डोरीको खोजी


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बानेश्वरस्थित एक फिल्म हलमा आइतबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका केन्द्रीय कलाकार नायक प्रवीण खतिवडा, नायिका अञ्जना बराइली, शिशिर बाङ्देल, साजन श्रेष्ठलगायतलाई स्थान दिइएको छ ।

ट्रेलर फिल्मको शीर्षक ‘डोरी’ वरपर घुमेको छ । शक्ति रहेको डोरीमा फिल्मका सबै पात्रहरुले खोजी गरिरहेको देख्न सकिन्छ ।

निर्देशक अरुण लामाका अनुसार फिल्मलाई रोचक बनाउन थ्रिल तथा हरर दृश्यहरू समावेश गरिएको छ । उनले भने, ‘यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ । थ्रिल र हररलाई दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो तरिकाले राखिएको छ ।’

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । उनी आफैँ पनि फिल्ममा प्रमुख भूमिकामा छन् ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : १५ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्