शिक्षकलाई काममा फर्किन सरकारको अनुरोध « Khabarhub

शिक्षकलाई काममा फर्किन सरकारको अनुरोध

शिक्षकका माग सम्बोधन गर्न सरकार संवेदनशील रहेको शिक्षामन्त्रीको भनाइ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले शिक्षकका माग सम्बोधन गर्न तयार रहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको उल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको जानकारी दिएकी हुन् । उनले शिक्षकले उठाएका यथोचित माग सम्बोधन गर्न सरकार तयार रहेको प्रष्ट पारेकी छन्।

महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ थियो । विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ-आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ०८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा