जुनियर टेनिस प्रतियोगिता आजदेखि « Khabarhub

जुनियर टेनिस प्रतियोगिता आजदेखि


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा बुधबारदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए ।

एकलतर्फ विजेताले १५ हजार तथा उपविजेताले सात हजार पाँच सय रुपैयाँसहित मेडल प्राप्त गर्ने छन् ।

छात्र तथा छात्रा ओपन डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले पाँच हजारसहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

चौध वर्ष एकलतर्फ विजेताले १० हजार तथा उपविजेताले पाँच हजारसहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले आठ हजार तथा उपविजेताले चार हजारसहित मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् ।

पोखरासहित काठमाडौं, चितवन, बुटवलका खेलाडीले भाग लिने प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा