च्याम्पियन्स लिग : पिएसजी सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स लिग : पिएसजी सेमिफाइनलमा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्वार्टर फाइनलको दोस्रो लेगमा सनसनीपूर्ण कम ब्याक जित हात पारे पनि अस्टन भिल्लाको युरोपेली च्याम्पियन्स लिगको यात्रा सकिएको छ।

मंगलबार राति पिएसजीसँग भएको खेलमा पहिलो हाफमा नै २-० ले पछि परेको अस्टन भिल्ला ३-२ ले विजयी भएको थियो। पहिलो लेगमा ३-१ ले विजयी पिएसजी ५-४ को एग्रिगेट नतिजासहित सेमिफाइनल प्रवेश गरेको हो।

११ औँ मिनेटमा असाम हाकिमीको गोलमा अग्रता लिएको पिएसजीका लागि २७ औँ मिनेटमा नुनो मेन्डिसले गोल गरे।

३४ औँ मिनेटमा युरी टेलिसम्यानले भिल्लाका लागि गोल गरे। दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि भिल्लाको सम्भावना देखिएको थियो। ५५ औँ मिनेटमा जोन म्याकगिनले २० यार्डबाट गोल गरे भने लगत्तै एज्री कोन्साले अर्को गोल गरे।

त्यसपछि भिल्लाले अनेक प्रयास गरे पनि पिएसजीका गोलरक्षक जियान लुइगी डोनरुमाले प्रहार बचाए।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ४७ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने