च्याम्पियन्स लिग : पिएसजी सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स लिग : पिएसजी सेमिफाइनलमा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्वार्टर फाइनलको दोस्रो लेगमा सनसनीपूर्ण कम ब्याक जित हात पारे पनि अस्टन भिल्लाको युरोपेली च्याम्पियन्स लिगको यात्रा सकिएको छ।

मंगलबार राति पिएसजीसँग भएको खेलमा पहिलो हाफमा नै २-० ले पछि परेको अस्टन भिल्ला ३-२ ले विजयी भएको थियो। पहिलो लेगमा ३-१ ले विजयी पिएसजी ५-४ को एग्रिगेट नतिजासहित सेमिफाइनल प्रवेश गरेको हो।

११ औँ मिनेटमा असाम हाकिमीको गोलमा अग्रता लिएको पिएसजीका लागि २७ औँ मिनेटमा नुनो मेन्डिसले गोल गरे।

३४ औँ मिनेटमा युरी टेलिसम्यानले भिल्लाका लागि गोल गरे। दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि भिल्लाको सम्भावना देखिएको थियो। ५५ औँ मिनेटमा जोन म्याकगिनले २० यार्डबाट गोल गरे भने लगत्तै एज्री कोन्साले अर्को गोल गरे।

त्यसपछि भिल्लाले अनेक प्रयास गरे पनि पिएसजीका गोलरक्षक जियान लुइगी डोनरुमाले प्रहार बचाए।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ४७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का