इजरायलको युद्ध विरामको प्रस्ताव हमासले गर्‍यो अस्वीकार « Khabarhub

इजरायलको युद्ध विरामको प्रस्ताव हमासले गर्‍यो अस्वीकार


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले गाजामा ६ महिना पूर्ण युद्ध विरामको प्रस्तावलाई अस्वीकार गरेको छ। इजरायलले हमासले हतियार पुरै बुझाएमा ६ महिना युद्ध विराम गर्ने प्रस्ताव राखेको थियो।

हमाससँग निकट सम्बन्ध रहेका प्यालेस्टाइनीका अनुसार इजरायलको सो योजनाले हमासले हतियार बुझाएर बाँकी रहेका बन्दी रिहा गरे पनि प्यालेस्टाइनबाट सबै इजरायली सेना हट्ने कुरामा विश्वास नभएको बताए।

इजरायलले गाजामा लगातार सैन्य आक्रमण गरिरहेकै समयमा यो प्रस्ताव आएको हो। खान युनिसमा भएको पछिल्लो आक्रमणमा एक सुरक्षाकर्मीको ज्यान जानुको साथै ९ जना घाइते भएका थिए।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले भने आफूहरूले हमासको सेलमा आक्रमण गरेको जनाएको छ।

यसैबीच संयुक्त राष्ट्र संघले गाजामा मानवीय आवश्यकताको अभाव १८ महिना यताकै सबैभन्दा खराब अवस्थामा रहेको जनाएका छन्।

राष्ट्र संघले गाजामा खाद्यान्न अभाव नभएको भन्दै इजरायलले झुटको खेती गरी रहेको बताउँदै यो अन्तर्राष्ट्रिय मूल्य र मान्यताको बर्खिलाप भएको जनाएको छ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले हमासलाई बाँकी रहेको बन्दी रिहा गर्नका लागि दबाब दिनकै लागि सो बन्देज लगाइएको बताएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।