९ महिनामा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता « Khabarhub

९ महिनामा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

प्रविधि र पर्यटन क्षेत्रमा आकर्षण


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत महिनासम्म नेपालमा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालमा ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार चार सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार समीक्षा अवधिमा २ अर्ब ८९ करोड ७९ लाख ९७ हजार रुपैयाँको विदेशी लगानी प्रतिबद्धता अटोमेटिक रुटबाट आएको हो भने बाँकी लगानी प्रतिबद्धता म्यानुअल रुटबाट आएको हो । समीक्षा अवधिमा विभिन्न ३२ वटा कम्पनीको १ अर्ब ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको शेयर खरिद तथा प्रविधि हस्तान्तरण गर्ने स्वीकृति विदेशी लगानीकर्ताले लिएका छन् ।

समीक्षा अवधिमा ४७६ वटा विभिन्न उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएकोमा त्यसमध्ये ४६८ वटा साना, ८ वटा मझौला र ४ वटा ठूला उद्योग रहेका छन् । त्यसमा पनि समीक्षा अवधिमा आएको विदेशी लगानीकर्ता प्रतिबद्धताअनुसार उनीहरूको सबैभन्दा ठूलो  आकर्षण नेपालको सूचना प्रविधि पर्यटन क्षेत्रमा देखिएको छ ।

समीक्षा अवधिमा आएको विदेशी लगानी प्रतिबद्धता मध्ये १८९ वटा अर्थात् ३९ प्रतिशत पर्यटन क्षेत्रमा र १८५ अर्थात् ३९ प्रतिशत सूचना प्रविधि क्षेत्रका उद्योगमा आएको छ । त्यस्तै सेवा क्षेत्रमा ६३ वटा अर्थात् १३ प्रतिशत विदेशी लगानीको प्रतिबद्धता आएको छ भने र बाँकी अन्य उत्पादन, उर्जा र कृषि क्षेत्रमा आएको विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालको विभिन्न उद्योगमा लगानी गरेका विदेशी लगानीकर्ताले १ अर्ब ४७ करोड २० लाख २२ हजार ९८९ नेपाली रुपैयाँ, ९३ लाख २४ हजार ७३० अमेरिकी डलर, ३८ करोड ३५ लाख ५४ हजार ५१७ रुपैयाँ भारतीय र ६१ हजार ४३१ युरो रोयल्टी बापत लगेका छन् । उक्त अवधिमा विदेशी लगानीकर्ताले डेढ अर्ब बढी रकम सेवा खर्च बापत पनि लगेको विभागको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ११ : १४ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १