९ महिनामा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता « Khabarhub

९ महिनामा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

प्रविधि र पर्यटन क्षेत्रमा आकर्षण


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत महिनासम्म नेपालमा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालमा ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार चार सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार समीक्षा अवधिमा २ अर्ब ८९ करोड ७९ लाख ९७ हजार रुपैयाँको विदेशी लगानी प्रतिबद्धता अटोमेटिक रुटबाट आएको हो भने बाँकी लगानी प्रतिबद्धता म्यानुअल रुटबाट आएको हो । समीक्षा अवधिमा विभिन्न ३२ वटा कम्पनीको १ अर्ब ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको शेयर खरिद तथा प्रविधि हस्तान्तरण गर्ने स्वीकृति विदेशी लगानीकर्ताले लिएका छन् ।

समीक्षा अवधिमा ४७६ वटा विभिन्न उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएकोमा त्यसमध्ये ४६८ वटा साना, ८ वटा मझौला र ४ वटा ठूला उद्योग रहेका छन् । त्यसमा पनि समीक्षा अवधिमा आएको विदेशी लगानीकर्ता प्रतिबद्धताअनुसार उनीहरूको सबैभन्दा ठूलो  आकर्षण नेपालको सूचना प्रविधि पर्यटन क्षेत्रमा देखिएको छ ।

समीक्षा अवधिमा आएको विदेशी लगानी प्रतिबद्धता मध्ये १८९ वटा अर्थात् ३९ प्रतिशत पर्यटन क्षेत्रमा र १८५ अर्थात् ३९ प्रतिशत सूचना प्रविधि क्षेत्रका उद्योगमा आएको छ । त्यस्तै सेवा क्षेत्रमा ६३ वटा अर्थात् १३ प्रतिशत विदेशी लगानीको प्रतिबद्धता आएको छ भने र बाँकी अन्य उत्पादन, उर्जा र कृषि क्षेत्रमा आएको विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालको विभिन्न उद्योगमा लगानी गरेका विदेशी लगानीकर्ताले १ अर्ब ४७ करोड २० लाख २२ हजार ९८९ नेपाली रुपैयाँ, ९३ लाख २४ हजार ७३० अमेरिकी डलर, ३८ करोड ३५ लाख ५४ हजार ५१७ रुपैयाँ भारतीय र ६१ हजार ४३१ युरो रोयल्टी बापत लगेका छन् । उक्त अवधिमा विदेशी लगानीकर्ताले डेढ अर्ब बढी रकम सेवा खर्च बापत पनि लगेको विभागको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ११ : १४ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा