पर्यापर्यटन पदमार्ग पुनःसञ्चालनको लागि पहल « Khabarhub

पर्यापर्यटन पदमार्ग पुनःसञ्चालनको लागि पहल


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ र माछापुच्छ्रे गाउँपालिका–२ को सङ्गमस्थल ताराहिल टप क्षेत्रमा पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको सुरुवात गरिएको छ । 

नेपालकै पहिलो पर्यापर्यटन पदमार्गको रूपमा परिचित घलेखर्क सिक्लेसको ताराहिल टप क्याम्पिङ विसं २०५१ सालदेखि २०५९ सालसम्म अति व्यस्त रहेकोमा पछिल्लो समयमा सुस्ताउन थालेपछी यसको पुनःसञ्चालन गरी पर्यटकलाई आकर्षित गर्ने अभियान थालिएको हो । 

अभियान स्वरुप नयाँ वर्षको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)भित्र पर्ने यस क्षेत्रका वडाध्यक्षद्वय देवीजंग गुरुङ र गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल टप क्याम्पसाईट व्यवस्थापन संयुक्त उप समिति मादी १ र माछापुच्छ्रे २ लाई क्याम्प साइट व्यवस्थापनको लागि एक वर्षे स्वीकृति अनुमति दिइएको छ । उपसमितिले वार्षिक रूपमा नवीकरण गर्नुपर्ने हुन्छ । 

ताराहिल टप क्षेत्रमा निर्मित माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साइटको लागि अस्थायी संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त क्याम्पिङ साइटको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य, उपसमितिका अध्यक्ष पानबहादुर तामाङलगायतले संयुक्त रूपमा उद्‌घाटन गरे। 

उप–समितिले एक्याप र स्थानीय तहले तोकिएका कार्यभित्र रही वार्षिक रूपमा एक्याप कार्यालयलाई जग्गा भाडा शुल्क र सम्बन्धित गाउँपालिका दर्ता शुल्क तिरि नविकरण गर्नुपर्ने हुन्छ ।

माछापुच्छ्रे र मादी गाउँपालिकाबीचको समन्वयात्मक बैठकले ताराहिल टप क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि दुईटा गाउँपालिका र एक्याप त्रिपक्षीय रूपमा समन्वय गर्नेगरी थप कार्य गर्ने निर्णयसमेत गरिएको छ ।

ताराहिल टप मादी १ को सिक्लेस, पार्चे, खिलाङ, मादी ६ को चिप्ली  र तप्राङ यसैगरी मादी सातको थाकहिलबाट सजिलै पुग्न सकिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : २८ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी