सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा « Khabarhub

सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जाल एक्समा बुधबार उनले सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन,’ शर्माले भनेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’

उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धि विधेयक, त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रकरण, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तिको विषय पनि उठाएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ३६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।