सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा | Khabarhub Khabarhub

सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जाल एक्समा बुधबार उनले सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन,’ शर्माले भनेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’

उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धि विधेयक, त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रकरण, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तिको विषय पनि उठाएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ३६ बजे

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान