पोखरा-मुग्लिन सडक यसरी हुँदैछ विस्तार (तस्बिरहरू) « Khabarhub

पोखरा-मुग्लिन सडक यसरी हुँदैछ विस्तार (तस्बिरहरू)


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ ।
 
यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । 

जसले गर्दा सर्वसाधारणले दैनिक आवतजावत गर्न सास्थी भोग्नु परेको छ । अहिले पोखराको सेती खोला पुल, तालचोक लगायतका क्षेत्र धुलाम्मे भएका छन् ।
 
पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुनेछ ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दूरीको सडक २० किलोमिटर ६ लेनको बनाइने आयोजनाले जनाएको छ । 

 सो राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ भने जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । 

तस्बिरहरू : 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ०३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।