लायन्स क्लब्स ३२५ आर नेपालको तेस्रो महाधिवेशन सम्पन्न  « Khabarhub

लायन्स क्लब्स ३२५ आर नेपालको तेस्रो महाधिवेशन सम्पन्न 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ । झण्डै १ हजार ४०० प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनले संस्था भित्रको नेतृत्व विकाससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधित्वका लागि महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।

महाधिवेशनले सन् २०१५/१६ मा उत्कृष्ट डिस्ट्रिक्ट गभर्नरको रूपमा विश्वभरबाट सम्मानित तथा निजी विद्यालय संगठन प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका लायन डीके ढुङ्गानालाई लायन्स इन्टरनेस्नलका अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवारका रूपमा सर्वसम्मत ध्वनिमतबाट अनुमोदन गरेको छ ।

महाधिवेशनकै क्रममा लायन वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्वको पनि चयन गरिएको छ । डिस्ट्रिक्ट गभर्नर पदमा लायन नवराज सापकोटा निर्वाचित भएका छन् भने प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन प्रभाकर पण्डित र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् ।

नव निर्वाचित डिस्ट्रिक्ट गभर्नर सापकोटाले आगामी कार्यकालका लागि लायन डा. गङ्गा सापकोटालाई डिस्ट्रिक्ट सचिव र लायन विकास पौडेललाई डिस्ट्रिक्ट कोषाध्यक्षका रूपमा मनोनयन गरेका हुन् ।

कार्यक्रम लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर का डिस्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक लायन सञ्जय खेतानको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : २० बजे

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई

आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’

काठमाडौं– निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै