शिक्षक आन्दोलन आजपनि जारी : शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान « Khabarhub

शिक्षक आन्दोलन आजपनि जारी : शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शिक्षकहरूको मागको सम्बोधन गर्न तयार रहेको जनाएपछि शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् ।

आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राती बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । 

बैठकले एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्य थलोमा फर्किन अनुरोध समेत गरेको थियो । 

तर महासंघले संघीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएपछिमात्रै आन्दोलन रोकिने स्पष्ट पारेको छ ।

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ४७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।