शिक्षक आन्दोलन आजपनि जारी : शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान | Khabarhub Khabarhub

शिक्षक आन्दोलन आजपनि जारी : शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शिक्षकहरूको मागको सम्बोधन गर्न तयार रहेको जनाएपछि शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् ।

आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राती बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । 

बैठकले एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्य थलोमा फर्किन अनुरोध समेत गरेको थियो । 

तर महासंघले संघीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएपछिमात्रै आन्दोलन रोकिने स्पष्ट पारेको छ ।

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ४७ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र