फोहोर जथाभावी फ्याँकेपछि एभरेष्ट अस्पताललाई ५० हजार जरिवाना  | Khabarhub Khabarhub

फोहोर जथाभावी फ्याँकेपछि एभरेष्ट अस्पताललाई ५० हजार जरिवाना 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

अस्पतालबाट उत्पादन भएको हानिकारक फोहरको उचित व्यवस्थापन नभएपछि महानगरको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताइन् । 

फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था रहेको छ । 

यसवर्ष मात्रै पनि एभरेष्ट अस्पतालको फोहर व्यवस्थापन अनुगमन गरिएको ३ पटक भइसकेको छ । विगतको अनुगमन जोड्दा ६ पटकभन्दा धेरै भइसकेको महानगरले जानकारी दिएको छ । 

‘यसरी गरिएको अनुगमनका क्रममा सुधारका लागि सुझाव र सुधारको मौका दिने, अति लापरवाही देखिए फोहर ढुवानीमा रोक लगाउने गरिएको थियो’, वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाले भनिन्, ‘अस्पतालको अभ्यास चित्तबुझ्दो नभएपछि निगरानी निरन्तर गरियो ।’

चरम लापरवाही गर्दै मापदण्ड विपरीत शल्यक्रिया, प्रसूति जस्ता कार्यबाट उत्पादन भएको फोहर पनि बट्टामा प्याक गरेर राखेको अवस्थामा भेटिएको वरिष्ठ पञ्जियार कोइरालाले बताइन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ३९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई