स्वरोजगार लघुवित्तले १४ प्रतिशत बढी बोनस दिने  « Khabarhub

स्वरोजगार लघुवित्तले १४ प्रतिशत बढी बोनस दिने 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई बोनस दिने भएको छ । कम्पनीले १४ प्रतिशत बढी बोनस दिने भएको हो । 

लघुवित्तको चुक्ता पुँजीको १३.५० प्रतिशतको दरले हुने ९ करोड ३२ लाख ४२ हजार ११० रुपैयाँ बराबरको बोनस शेयर दिने भएको छ । त्यस्तै बोनस शेयरका लागि लाग्ने कर प्रयोजनका लागि ४९ लाख ६ हजार ४७९ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

बोनस पारित सहितको एजेण्डा सहित लघुवित्तले १६औँ साधारणसभा समेत ढाकेको छ । सभा वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बाट सुरु हुने कम्पनी सचिव मनोज कृष्ण उप्रेतीले जानकारी दिएका छन् । 

सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते एक दिनका लागि बुक क्यालेजको मिति तय गरेको छ । वैशाख १० गतेसम्म कायम रहेका शेयरधनीले मात्र लघुवित्तले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ५८ बजे

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि