यूएईबाट आएका युवालाई विमानस्थलमा कठालो समात्दै घिच्याउने तीन प्रहरीमाथि कारबाही « Khabarhub

यूएईबाट आएका युवालाई विमानस्थलमा कठालो समात्दै घिच्याउने तीन प्रहरीमाथि कारबाही


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूएईमा रोजगार गरेर स्वदेश फर्किने क्रममा रहेका युवकमाथि त्रिभुवन विमानस्थलमा दुर्व्यवहार गरेको आरोपमा तीनजना प्रहरी कारबाहीमा पर्ने भएका छन्।

गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरीले स्वदेश फर्किएका मोरङका युवक सञ्जय ओझमाथि दुर्व्यवहार गरेका थिए । प्रहरीले ओझालाई कठालो समातेर तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना भएको थियो ।

उक्त भिडियोलाई लिएर प्रहरीको चर्को आलोचना भएपछि तीनजना प्रहरी कारबाहीका लागि तानिएका हुन् ।

तीनजना प्रहरीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको जानकारी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले दिएका छन् ।

उनका अनुसार तीनैजनालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा झिकाएर अनुसन्धान भइरहेको छ ।

ओझा यूएईमा मार्केटिङको काम गर्दै आएका युवक हुन् । उनी आफन्तको बिहेमा सहभागी हुन १० दिनको छुट्टीसहित आएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ४७ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल