शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक : मन्त्री भण्डारी « Khabarhub

शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक : मन्त्री भण्डारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् । 

सुर्खेतको विरेन्द्रनगरमा आजदेखि सुरु भएको कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा शिक्षामा वितृष्णा जागेको बताए । 

ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दै गर्दा पनि सोहीअनुरूप शिक्षा बढोत्तरी परिवर्तन हुन नसकेको प्रति दुःख व्यक्त गरे । ‘उत्पादनको युगमा जोडिन नसकिएको शिक्षा प्रणालीलाई उत्पादनमा जोड्नुपर्दछ,’ उनले भने, ‘विद्यालय बनाउने अभियानमा लाग्न सके शैक्षिक सुधार हुन्छ ।’

विद्यार्थी भर्ना अभियानको समयमा शिक्षकहरू आन्दोलनमा हुनुपरेको विषयमा गम्भीरता व्यक्त गर्दै संघीय सरकारले जायज मागलाई सम्बोधन गरी  शिक्षकलाई आन्दोलनबाट फर्काउन अपिल गरे । 

साथै, एक्स्पोमा भएका प्रस्तुतीकरण र छलफलबाट आउने निष्कर्षका आधारमा सरकारले आगामी नीति तथा योजनामा जोड्ने प्रतिबद्धता व्यक्त गरे । 

कर्णाली विकास केन्द्रद्वारा आयोजित आजदेखि सञ्चालन भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : ५४ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट