शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक : मन्त्री भण्डारी « Khabarhub

शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक : मन्त्री भण्डारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् । 

सुर्खेतको विरेन्द्रनगरमा आजदेखि सुरु भएको कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा शिक्षामा वितृष्णा जागेको बताए । 

ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दै गर्दा पनि सोहीअनुरूप शिक्षा बढोत्तरी परिवर्तन हुन नसकेको प्रति दुःख व्यक्त गरे । ‘उत्पादनको युगमा जोडिन नसकिएको शिक्षा प्रणालीलाई उत्पादनमा जोड्नुपर्दछ,’ उनले भने, ‘विद्यालय बनाउने अभियानमा लाग्न सके शैक्षिक सुधार हुन्छ ।’

विद्यार्थी भर्ना अभियानको समयमा शिक्षकहरू आन्दोलनमा हुनुपरेको विषयमा गम्भीरता व्यक्त गर्दै संघीय सरकारले जायज मागलाई सम्बोधन गरी  शिक्षकलाई आन्दोलनबाट फर्काउन अपिल गरे । 

साथै, एक्स्पोमा भएका प्रस्तुतीकरण र छलफलबाट आउने निष्कर्षका आधारमा सरकारले आगामी नीति तथा योजनामा जोड्ने प्रतिबद्धता व्यक्त गरे । 

कर्णाली विकास केन्द्रद्वारा आयोजित आजदेखि सञ्चालन भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : ५४ बजे

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको