जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ « Khabarhub

जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार मोरङ र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।

मोरङकी २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका–८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 
उता सुर्खेतमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्का थप एकजना पक्राउ परेका छन । वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : १० बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा