‘जापान अमेरिकासँग आपसी हित हुने सम्झौता गर्न चाहन्छ’ « Khabarhub

‘जापान अमेरिकासँग आपसी हित हुने सम्झौता गर्न चाहन्छ’


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

टोकियो– अमेरिकी कर वार्ताका लागि जापानी वाणिज्य दूतले राष्ट्रिय हितको रक्षा गर्दै ‘दुवैका हित’ मा परिणाम आउने वार्ताका लागि आफू विश्वस्त रहेको बताएका छन् ।

बुधबार वासिङ्टन प्रस्थान गर्नुभन्दा पहिले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले व्यापार वार्ता एकपक्षीय नभई दुबै मुलुकको हितमा हुनुपर्ने बताएका हुन् ।

विश्लेषकहरूले रयोसी अकाजावाको भ्रमणको परिणामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग अन्य देशहरूको वार्ताको ढाँचा तय गर्न सक्ने बताएका छन्।

‘मलाई विश्वास छ, हामी विश्वासको सम्बन्ध निर्माण गर्न सक्षम हुनेछौँ र राम्रो वार्ता सञ्चालन गर्न सक्षम हुनेछौँ, जसले दुबै पक्षको जीतको म्बन्धलाई नेतृत्व गर्नेछ,’ आर्थिक पुनरुत्थान मन्त्री अकाजावाले पत्रकारहरूसँग भने । 

जापानले वार्ताका लागि चाहना देखाएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता जापानमाथिको २४ प्रतिशतको ‘पारस्परिक’ शुल्क ९० दिनका लागि स्थगित गरेका थिए। 

संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो लगानीकर्ता भए तापनि जापानले अझै पनि आफ्नो कार, स्टील र आल्मुनियमको आयातमा भारी कर लगाएको छ।
कार कम्पनी होन्डाले बुधबार आफ्नो हाइब्रिड सिभिक मोडेलको उत्पादन जुन वा जुलाईमा जापानबाट संयुक्त राज्य अमेरिकामा सार्ने बताएको छ।

होन्डा कम्पनीका प्रवक्ताले भने, ‘यो निर्णयको पछाडिको तर्क कुनै एउटा मुद्दा होइन। यो निर्णय कम्पनीको नीतिमा आधारित छ ।  हामी जहाँ माग छ त्यहाँ कार उत्पादन गर्दछौं।’

यद्यपि, यो गाडीले कम्पनीको वार्षिक उत्पादनको एक सानो हिस्सा मात्र प्रतिनिधित्व गर्दछ। भ्रमणका क्रममा अकाजावाले अर्थमन्त्रीस्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ता गर्ने बताइएको छ । 

विश्लेषकहरुका अनुसार अलास्काबाट अमेरिकी रक्षा सामग्री र प्राकृतिक ग्याँसको खरीद वार्ताको क्रममा टेबलमा प्रस्तु हुनसक्छ ।

अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेका प्रधानमन्त्री शिगेरु इशिबासँग निकट रहेका अकाजावाले  ‘जापानप्रति नरम’ बेसेन्ट र ग्रीरसँगको वार्तामा ‘जापानी राष्ट्रिय हितको रक्षा’ गर्न चाहेको बताए। 

दाइवा इन्स्टिच्युट अफ रिसर्चले ट्रम्पको पारस्परिक करका कारण सन् २०२९ सम्ममा जापानको वास्तविक कुल गार्हस्थ उत्पादनमा १.८ प्रतिशतले गिरावट आउन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ०५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।