सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : सातै प्रदेशमा हुने « Khabarhub

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : सातै प्रदेशमा हुने


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदीयन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर-देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ । 

कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो ।    

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालका अनुसार, ‘हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसरहरू खोजुन्, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने हाम्रो उद्देश्य रहेको छ । फुटबल एक माध्यम हो ।  लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानीय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको।’

धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर-देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ३२ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा