सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : सातै प्रदेशमा हुने « Khabarhub

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : सातै प्रदेशमा हुने


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदीयन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर-देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ । 

कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो ।    

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालका अनुसार, ‘हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसरहरू खोजुन्, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने हाम्रो उद्देश्य रहेको छ । फुटबल एक माध्यम हो ।  लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानीय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको।’

धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर-देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ३२ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा