अर्थसंक्षेप : प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमको सुझाव, ईसेवाबाट १ करोड चोरी र अमेरिकासँग कर विवाद बढ्दा चीनमा नयाँ वाणिज्य दूत « Khabarhub

अर्थसंक्षेप : प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमको सुझाव, ईसेवाबाट १ करोड चोरी र अमेरिकासँग कर विवाद बढ्दा चीनमा नयाँ वाणिज्य दूत


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

वैशाख ४ र ५ गते आँधीखोला जलविद्युतको उत्पादन बन्द हुने

यही वैशाख ४ र ५ गते बुटवल पावर कम्पनीअन्तर्गत आँधिखोला जलविद्युत केन्द्रको विद्युत् उत्पादन बन्द हुने भएको छ ।

पावर हाउसको वार्षिक मर्मत कार्यक्रम अन्तर्गत दुई दिन केन्द्रको तर्फबाट उत्पादन हुने विद्युत् पूर्णरूपमा बन्द हुने कम्पनीले जनाएको हो ।

रवीन्द्र भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन 

मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने योजना

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको मीन भवनमा कन्दमुल एग्रो एण्ड फार्म खुलेको छ।

बुधबार फार्मको उद्घाटनका क्रममा नेपाली बजारमा स्थानीय उत्पादनको प्रोत्साहन र प्रचार गर्ने उद्देश्यमा आधारित आफ्ना योजना सार्वजनिक गरिएको छ ।

सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल

नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएस)का प्रमुखबीच छलफल भएको छ ।

नेप्से प्रमुख कार्यकारी अधिकृतको रुपमा चुडामणि चापागाईं आएसँगै सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँगको भेटमा तीन निकायको नियमित रुपमा बैठक बस्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए । सो प्रस्तावमा सेबानका अध्यक्ष श्रेष्ठ पनि सकारात्मक देखिएको थिए ।

ईसेवाबाट ४ हजार जनाको १ करोडभन्दा बढी चोरी, २२ वर्षीय युवा पक्राउ 

प्रि ओपन सेसन : नेप्सेमा १३ अंक बढीको वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बुधबारको प्रि ओपन सेसनमा १३.२३ अंकको वृद्धि भई २७०२.४६ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ३.८८ अंक बढेको छ ।

सेसन अवधिमा ५४ कम्पनीको ५५ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ ।

भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ वाणिज्य दूत नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ वाणिज्य दूत नियुक्त गरेको जनाएको छ ।

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ११ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको