दुरावस्था सुधार्न समय लाग्छ, सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

दुरावस्था सुधार्न समय लाग्छ, सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले दुरावस्था हट्नका  लागि केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि प्रयास गरिरहेको बताएका छन् । 

गणेशमान सिंह फाउन्डेसनले आज विराटनगरमा आयोजना गरेको नयाँ वर्ष०८२ को शुभकामना आदानप्रदान तथा `लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र´विषयक विचार गोष्ठी र लोकतान्त्रिक योद्धा महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

देशको दुरावस्था हटाउन, आर्थिक समृद्धि र विकासको काम अगाडि बढाउनकै लागि संसदमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएर वर्तमान सरकार बनेको सिंहको भनाइ छ । 

उपप्रधानमन्त्री सिंहले नेपालको आफ्नै अनुभवबाट पनि  लोकतन्त्रको विकल्प तानासाही व्यवस्था हुन नसक्ने प्रस्ट भइसकेको बताए । ०४६ सालको परिवर्तनपछि संवैधानिक राजसंस्था मानेको चर्चा गर्दै उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भइसकेकाले अब संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

‘विगतमा देशमा सशस्त्र द्वन्द्वका बेला जनताले शान्ति चाहियो भनेपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया अघि बढाउनुभयाे । देशमा शान्ति आयो । जहिले समस्याका बेलामा कांग्रेसले देशलाई निकास दिएको छ,´ उनले भने, संविधान कार्यान्वयनका क्रममा सङ्घीय कानूनहरू नबन्दा कमजोरी भएको स्वीकार गरेका छौँ । संविधान संस्थागत गर्नका लागि आवश्यक सङ्घीय कानून बनाएर तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर जानुपर्छ । त्यसमा पनि कुनै समस्या छ भने विधि र प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न अहिलेको सरकार लागिरहेको कुरा पनि म भन्न चाहन्छु ।´

उनले राजनीतिक स्थायित्वको जगमा विकास र समृद्धिको काम अघि बढाउने, जनताको जीवन र जीविकोपार्जन सहज बनाउनु नै अहिलेको मुख्य कार्यभार रहेको भन्दै सरकार त्यसमा प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा लोकतान्त्रिक योद्धा महिला सम्मानबाट 

इन्दुदेवी नौलखा र शान्ता घिमिरेलाई सम्मान गरिएको थियो ।  उपप्रधानमन्त्री सिंहले मोरङमा रहँदा बुधबार लोहन्द्रा पुल ,कटहरि २ लोहन्द्रा पुल, जहदा ७ र जुडि पुल ,जहदा २ मा  बनेको पक्की पुल उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ०७ बजे

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती