दुरावस्था सुधार्न समय लाग्छ, सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

दुरावस्था सुधार्न समय लाग्छ, सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले दुरावस्था हट्नका  लागि केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि प्रयास गरिरहेको बताएका छन् । 

गणेशमान सिंह फाउन्डेसनले आज विराटनगरमा आयोजना गरेको नयाँ वर्ष०८२ को शुभकामना आदानप्रदान तथा `लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र´विषयक विचार गोष्ठी र लोकतान्त्रिक योद्धा महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

देशको दुरावस्था हटाउन, आर्थिक समृद्धि र विकासको काम अगाडि बढाउनकै लागि संसदमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएर वर्तमान सरकार बनेको सिंहको भनाइ छ । 

उपप्रधानमन्त्री सिंहले नेपालको आफ्नै अनुभवबाट पनि  लोकतन्त्रको विकल्प तानासाही व्यवस्था हुन नसक्ने प्रस्ट भइसकेको बताए । ०४६ सालको परिवर्तनपछि संवैधानिक राजसंस्था मानेको चर्चा गर्दै उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भइसकेकाले अब संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

‘विगतमा देशमा सशस्त्र द्वन्द्वका बेला जनताले शान्ति चाहियो भनेपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया अघि बढाउनुभयाे । देशमा शान्ति आयो । जहिले समस्याका बेलामा कांग्रेसले देशलाई निकास दिएको छ,´ उनले भने, संविधान कार्यान्वयनका क्रममा सङ्घीय कानूनहरू नबन्दा कमजोरी भएको स्वीकार गरेका छौँ । संविधान संस्थागत गर्नका लागि आवश्यक सङ्घीय कानून बनाएर तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर जानुपर्छ । त्यसमा पनि कुनै समस्या छ भने विधि र प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न अहिलेको सरकार लागिरहेको कुरा पनि म भन्न चाहन्छु ।´

उनले राजनीतिक स्थायित्वको जगमा विकास र समृद्धिको काम अघि बढाउने, जनताको जीवन र जीविकोपार्जन सहज बनाउनु नै अहिलेको मुख्य कार्यभार रहेको भन्दै सरकार त्यसमा प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा लोकतान्त्रिक योद्धा महिला सम्मानबाट 

इन्दुदेवी नौलखा र शान्ता घिमिरेलाई सम्मान गरिएको थियो ।  उपप्रधानमन्त्री सिंहले मोरङमा रहँदा बुधबार लोहन्द्रा पुल ,कटहरि २ लोहन्द्रा पुल, जहदा ७ र जुडि पुल ,जहदा २ मा  बनेको पक्की पुल उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ०७ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको