स्वास्थ्य परिचय नम्बर प्रणाली लागू गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी « Khabarhub

स्वास्थ्य परिचय नम्बर प्रणाली लागू गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागू गर्ने तयारी गरेको छ ।

सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गरेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेका छन् ।

यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन् ।

समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जिकरण विभागका प्रतिनिधि छन् । यसैगरी सूचना प्रविधि परामर्शदाता इन्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसङ्घका प्रतिनिधि पनि समितिमा छन् ।

समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् । समितिलाई स्वास्थ्य पहिचान नम्बर सृजना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरि प्रस्ताव गर्न कार्यादेश दिइएको छ । यसैगरी राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिए पछि थप प्रक्रिया अघि बढ्नेछ । विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलग्गै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । 

यसले व्यक्तिका स्वास्थ्य सम्बन्धी सबै विवरण एकीकृत हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्यांकका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरूको भनाइ छ । समितिका सदस्य इञ्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागु हुन सके मद्द्त पुग्ने बताउँछन् । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ३३ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै