उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने : सत्ता गठबन्धनमा कुनै समस्या छैन « Khabarhub

उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने : सत्ता गठबन्धनमा कुनै समस्या छैन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले बाहिर चर्चा भए जस्तो गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो भन्ने कुराहरु असत्य हुन । दुई नेतासहित बसेका छौं ।’

उनले शिक्षकको आन्दोलनको विषयमा समान्य छलफल भएको जानकारी दिए । आगामी संसदको अधिवेशनबाट शिक्षकको समस्या समाधान गरिने उनले बताए ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

पछिल्लो समय सरकारको निरन्तर आलोचना गरिरहेका संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् । उनी कांग्रेस बारा क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन उद्घाटनका लागि बुधबार सिमरा पुगेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ४० बजे

सत्य बोल्न नसक्ने मानव अधिकार आयोगको औचित्यमाथि प्रश्न

मानव अधिकार आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधारभूत मूल्य हो ।

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको