उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने : सत्ता गठबन्धनमा कुनै समस्या छैन « Khabarhub

उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने : सत्ता गठबन्धनमा कुनै समस्या छैन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले बाहिर चर्चा भए जस्तो गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो भन्ने कुराहरु असत्य हुन । दुई नेतासहित बसेका छौं ।’

उनले शिक्षकको आन्दोलनको विषयमा समान्य छलफल भएको जानकारी दिए । आगामी संसदको अधिवेशनबाट शिक्षकको समस्या समाधान गरिने उनले बताए ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

पछिल्लो समय सरकारको निरन्तर आलोचना गरिरहेका संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् । उनी कांग्रेस बारा क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन उद्घाटनका लागि बुधबार सिमरा पुगेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ४० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल