देउवा निवास बूढानीलकण्ठबाट सशस्त्रको सेटै फेरियो « Khabarhub

देउवा निवास बूढानीलकण्ठबाट सशस्त्रको सेटै फेरियो


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता सरकार फेरबदलको चर्चा चलिरहेको अवस्थामा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासबाट सशस्त्र प्रहरीको सेटै परिवर्तन भएको छ ।

स्रोतका अनुसार देउवा निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेतसहितको सेटलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको छ ।

‘देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सुरक्षा टिम परिवर्तन भएको छ । राजनीतिक भेटघाटको क्रममा सूचना लिक भएको या अरू कारण पनि हुन सक्छ’, स्रोतले भन्यो, ‘पछिल्लो केही दिनयता देउवा निवासमा नेताहरूको बाक्लो आउजाउ चलिरहेको थियोे । त्यहीबीचमा बूढानीलकण्ठ मंगलबार सशस्त्रको पूरा टिम परिवर्तन भएको छ ।’

स्रोतका अनुसार एकजना सिपाहीबाहेक सशस्त्रका करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेतको स्थानमा नयाँ कमान्डरसहितको टोली देउवा निवासमा तैनाथ भइसकेको छ । सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले देउवा निवासबाट अवधि पुगेका केही सुरक्षाकर्मी परिवर्तन गरिएको पुष्टि गरेका छन् ।

सशस्त्रकै एकजना अधिकारीका अनुसार यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसमम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरेमा उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो। सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । तर, सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण मानिएको छ ।

हलचोकले सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भीआईपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डीएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । तर त्यो संख्या २५ जनासम्म पनि पुग्छ । देउवा निवासमा २५ कै संख्यामा सशस्त्र प्रहरी तैनाथ थिए ।

यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको थियो। सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

डीएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : २७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।