देउवा निवास बूढानीलकण्ठबाट सशस्त्रको सेटै फेरियो « Khabarhub

देउवा निवास बूढानीलकण्ठबाट सशस्त्रको सेटै फेरियो


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता सरकार फेरबदलको चर्चा चलिरहेको अवस्थामा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासबाट सशस्त्र प्रहरीको सेटै परिवर्तन भएको छ ।

स्रोतका अनुसार देउवा निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेतसहितको सेटलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको छ ।

‘देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सुरक्षा टिम परिवर्तन भएको छ । राजनीतिक भेटघाटको क्रममा सूचना लिक भएको या अरू कारण पनि हुन सक्छ’, स्रोतले भन्यो, ‘पछिल्लो केही दिनयता देउवा निवासमा नेताहरूको बाक्लो आउजाउ चलिरहेको थियोे । त्यहीबीचमा बूढानीलकण्ठ मंगलबार सशस्त्रको पूरा टिम परिवर्तन भएको छ ।’

स्रोतका अनुसार एकजना सिपाहीबाहेक सशस्त्रका करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेतको स्थानमा नयाँ कमान्डरसहितको टोली देउवा निवासमा तैनाथ भइसकेको छ । सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले देउवा निवासबाट अवधि पुगेका केही सुरक्षाकर्मी परिवर्तन गरिएको पुष्टि गरेका छन् ।

सशस्त्रकै एकजना अधिकारीका अनुसार यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसमम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरेमा उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो। सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । तर, सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण मानिएको छ ।

हलचोकले सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भीआईपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डीएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । तर त्यो संख्या २५ जनासम्म पनि पुग्छ । देउवा निवासमा २५ कै संख्यामा सशस्त्र प्रहरी तैनाथ थिए ।

यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको थियो। सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

डीएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : २७ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल