बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक « Khabarhub

बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि: यमाल बने नायक


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै बार्सिलोनाले २८ औँ स्पेनिस ला लिगाको उपाधि जितेको छ। खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। खेलको इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले अर्को गोल गर्दै उपाधि रक्षा गरेका हुन्।

२ खेल बाँकी हुँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ७ अङ्कले पछि छाडेको छ। अहिलेको विश्वका सबै भन्दा रोमाञ्चक युवा खेलाडी यमालले गरेको गोल भने साँच्चै उत्कृष्ट थियो।

प्रशिक्षक हान्सी फ्लिकको निगरानीमा पहिलो सिजन खेली रहेको बार्सिलोनाले तीन वटा घरेलु उपाधि जितेको छ। यसअघि कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि बार्सिलोनाले जितिसकेको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ३८ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र