संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति « Khabarhub

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द्वन्दपीडित समुदायले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ ।  

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, बेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरी आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो । 

बिभिन्न सात बुँदे धारणा सार्वजनिक गर्दै उनीहरूले द्वन्द्व पीडितको अपमान हुने गरि गरिएको नियुक्ति अस्वीकार्य भएको जनाएका छन् । त्यस्तै उनीहरूले द्वन्द्व पीडित समुदायसँग छलफल नगर्ने सरकार र छनौट समितिको व्यवहारले अपमानित महसुस भएको र यसबाट संविधानको पनि अपमान भएको जनाएका छन् । 

सरकारले गरेको नियुक्ति प्रक्रिया सच्याएर विश्वसनीय र पारदर्शी छनौट र नियुक्तिको सुनिश्चित नगरेसम्म आफूहरूको आन्दोलन र विरोध जारी रहने द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी पूर्व अध्यक्ष सृजना श्रेष्ठले बताइन् ।

द्वन्द्वपीडित समुदायले  सत्य, न्याय र परिपूरणको अधिकारको सम्मानजनक प्रचलनका लागि हुने आफूहरूको आन्दोलनमा साथ दिन मानवअधिकार संस्था, जनप्रतिनिधि तथा अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ५ : २४ बजे

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि