प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारी छौँ : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारी छौँ : मुख्यमन्त्री शाह


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको बताएका छन् । 

शुक्रबार नेपाल नगरपालिका संघले धनगढीमा आयोजना गरेको नगर सुशासन तथा वित्तीय अनुशासन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै प्रक्रिया पूरा गरि स्थानीय सञ्चालन ऐन सम्बन्धी बनेको विधेयक अगाडी बढिसकेको अवस्थामा संसदबाटै पास हुने बताए । 

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । 

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ । 

प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत प्रदेश सभामा दर्ता गरिसकेको छ । 

कर्मचारीहरूसँगको बृहत् छलफलबाट उनीहरूको माग तथा वृद्धि विकास हुने गरी प्रदेश सरकारले इमानदारिताका साथ ऐन ल्याउन लागेको मुख्यमन्त्री शाहले बताए । 

उनले तीनै तहको सरकारबीच सहकार्य, समन्वय र सह–अस्तित्वको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना