दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले « Khabarhub

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३ अर्ब २१ करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलेपछि भाइ एउटा अनौठो निर्णय लिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले दाजु एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतमाथि मुद्दा चलेकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काजमा रहेकी एक कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेका कारण दाजुको सांसद पद निलम्बित भएकै दिन भाइ बालकृष्णले चार वर्षदेखि अख्तियारको टंगाल कार्यालयमा कार्यरत नायब सुब्बा अम्बिका दाहाल ओझालाई सात दिनभित्र काज फिर्ता हुन भन्दै अल्टिमेटम दिएका हुन् ।

अख्तियारले तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकै दिनको मितिमा उक्त पत्र ओझाका नाममा मेयरले पठाएका हुन् ।

अख्तियारले बस्नेत र झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अल्टिमेटमसहित हाजिर भनिएको चलानी नं. २२८३ रहेको पत्रमा मेयर बस्नेत आफैंले हस्ताक्षर गरेका छन् । नगरपालिकाले काजमा अन्यत्र खटिएकी कर्मचारीलाई फिर्ता बोलाउन‍े निर्णय पनि संयोगवश अख्तियारले अर्बौँको भ्रष्टाचार मुद्दा चलाएकै दिन परेको छ।

अख्तियारले टेरामक्स प्रकरणमा कांग्रेसका सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्धा दायर गरेको केही घण्टामै नगरपालिकाले एक राजपत्र अनंकित कर्मचारी (पाँचौँ तह)लाई अल्टिमेटमसहित पत्र पठाएपछि अनेक बहस भइरहेको छ ।

दाजुविरूद्ध भ्रष्टाचार मुद्दा परेर सांसद पद समेत निलम्बन भएको केही बेरमै भाइ मेयरले क्षेत्राधिकार बाहिर गएर कानुनविपरीत काज फिर्ता हुन भन्दै पत्र काटेका हुन् ।

कर्मचारी सरुवा, बढुवा वा फिर्ताका लागि पत्र पठाउँदा सम्बन्धित कार्यालयका कर्मचारीले मात्रै पत्र पठाउन पाउने व्यवस्था छ । तर बस्नेतले भने कर्मचारीकै शैलीमा आफैंले हस्ताक्षर गरेर पत्र पठाएका हुन् ।

बस्नेतको यो निर्णयलाई स्थानीयले भने हाँसीमजाकको विषय पनि बनाएका छन् । चार वर्षसम्म काजफिर्ता नगरिएका कर्मचारीलाई दाजुविरुद्ध मुद्दा परेकै दिन बोलाउन एउटाको रिस अर्कालाई पोखे जस्तो भएको स्थानीयबासी बताउँछन् । ‘ठूलाको रिस ठूलैलाई पोख्नु,साना कर्मचारीलाई किन ?’, बस्नेतकै पालिकाका विकास कटुवालले सामाजिक सञ्जालमा भनेका छन् ।

अर्की स्थानीयबासीले ओझा अख्तियारमा काज बसेको पनि वर्षौँ भएको बताउँदै बरू अघि पछि मिलाएर पत्र काटेको भए सुहाउने बताएकी छन् । यो केबल दाजुलाई मुद्दा चलाएकोमा भाइले साँधेको प्रतिशोध मात्रै भएको उनको भनाइ छ ।

उता मेयर बस्नेतले भने सञ्चारकर्मीहरूको जिज्ञासमा नगरपालिकामा काम गर्ने मान्छे नभएकाले दाहाललाई फिर्ता बोलाइएको जवाफ दिएका छन् ।

बस्नेतले दाहाल अख्तियारमा गएको चार वर्ष बढी बितिसकेकाले फिर्ता बोलाइएको बताएका छन् । उनले नगरपालिकामा कर्मचारी अभाव भएकाले फिर्ता बोलाउने पत्र पठाइएको अरू कुरा संयोग मात्रै भएको जिकिर गरेका छन् ।

ओझा महिला विकास निरीक्षक हुन् । उनलाई तलब नगरपालिकाले नै उपलब्ध गराउँछ । उनलाई काजफिर्ताका लागि पटक पटक पत्र लेखे पनि नआएपछि अन्तिम पटक तलब रोक्ने अल्टिमेटमसहित पत्र लेखिएको उनले बताए ।

उता प्रतिशोध साँधिएकोबारे उनले दाजुविरुद्ध अख्तियारले मुद्दा लगाएको जानकारी आफूले कार्यालय समपछिमात्रै थाहा पाएको बनावटी जवाफ दिएका छन् । दाजु र नगरको विषयमा कुनै सम्बन्ध नरहेको भन्दै उनले संयोग मात्रैका रुपमा बुझ्न आग्रह गरेका छन् ।

तर नगरपालिकाभित्रकै कर्मचारीले ओझालाई यसबाहेक पहिले कहिले पनि काजफिर्ताको पत्र नपठाइएको बताए । ती कर्मचारीका अनुसार दुई वर्षयता ओझालाई फिर्ता गराउन कुनै पत्र लेखिएको थिएन । तर बिहीबार मेयर बस्नेतले आफ्नै हस्ताक्षरमा कार्यक्षेबाहिर गएर ओझालाई काजफिर्ताको पत्र लेखेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : ३९ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि