जगाती–डोलेश्वर–साँगा सडक निर्माण सुरु « Khabarhub

जगाती–डोलेश्वर–साँगा सडक निर्माण सुरु


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको जगाती–डोलेश्वर–आशापुरी–काक्राबारी–साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १६ करोड रुपैयाँ बजेटको लागतमा निर्माण हुने सडकको बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा शिलान्यास गरे ।

सूर्यविनायक नगरपालिका– वडा नं. ८ र ९ को दुर्गम बस्तीलाई जोड्ने यो सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण सुरु भएको मन्त्री मास्केले बताए । उनले सडक निर्माणले यहाँको पर्यटन विकास र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्यमन्त्री थापाले सडक निर्माण पूरा भएमा यो क्षेत्र धार्मिक पर्यटकको मुख्य केन्द्र बन्ने बताए । उनले हाल जगातीबाट डोलेश्वर हुँदै आशापुरी जाँदा गाडी फर्केर नआएसम्म के भयो होला भनेर डराउनुपर्ने अवस्था रहेकाले सडक निर्माणपछि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर आउने धार्मिक पर्यटकलाई पौराणिक इतिहास बोकेको आशापुरी मन्दिर पुग्न सहज हुने बताए ।

सहरी विकास मन्त्रालयको दुई करोड ५५ लाख रुपैयाँ विनियोजित बजेटबाट जगातीबाट गणेश स्कुल हुँदै डोलेश्वर जाने सडकको स्तरोन्नति सुरु भएको मन्त्री थापाले जानकारी दिए । उनले भने, ‘विसं २०६२ अगाडि यो क्षेत्रमा सडक पुगेको थिएन । त्यसबेलामा म तत्कालीन जिल्ला विकास समितिको सदस्य थिए, त्यहीबाट बजेटको व्यवस्थापन गरेर सुरु गरेको सडक अहिले आठ मिटर चौडासहित कालोपत्र हुने भएपछि निकै खुसी छु ।’

– रासस

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : २४ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा