वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन « Khabarhub

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा एक खर्ब ४० अर्ब ४२ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए । ‘चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ’, उनले भने, ‘सो अवधिमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ ।’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

– रासस

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ३७ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही