भारतले चिनियाँ सञ्चारमाध्यमहरूको एक्स खाता बन्द गरायो « Khabarhub

भारतले चिनियाँ सञ्चारमाध्यमहरूको एक्स खाता बन्द गरायो


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले विभिन्न चिनियाँ सरकारी सञ्चारमाध्यमको एक्स एकाउन्टहरू आफ्नो देशबाट नदेखिने गरी बन्द गराएको छ । भारतले हालैको भारत र पाकिस्तानबीच भएको सैन्य तनावका बेला चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले पाकिस्तानको पक्षमा प्रोपोगान्डा फैलाएको आरोप लगाएको थियो ।

अरुणाञ्चल प्रदेशका केही स्थानलाई चीनले आफ्नो भन्दै नाम परिवर्तन गरेकोप्रति विरोध गरेको सन्दर्भका बीच भारतको यो कदम आएको द गार्जियन न्युजले जनाएको हो ।

भारतले आफ्नो देशबाट नदेखिने गरी बन्द गराएका चिनियाँ सञ्चारमाध्यमहरूको एक्स एकाउन्टहरूमा चीनको सरकारी समाचार संस्था सिन्ह्वा र ग्लोबल टाइम्स छन् । त्यसैगरी टर्कीको टीआरटी वर्ल्डको एक्स खाता पनि बन्द गराएको छ । टर्की र चीनले पाकिस्तानको पक्ष लिएको भारतको आरोप छ । तर, कानुनी चुनौती दिएपछि ग्लोबल टाइम्सको एकाउन्ट भने बिहीबारबाट खोलिएको बताइएको छ ।

गत हप्ता पनि भारतले आफ्ना नागरिकहरूसहित हजारौँ सामाजिक सञ्जाल एकाउन्टहरूलाई भारतबाट नदेखिने गरी बन्द गराएको थियो । उक्त कदमपछि प्रेस स्वतन्त्रताका पक्षधरहरूले व्यापक आलोचना गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : १६ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी