भारतले चिनियाँ सञ्चारमाध्यमहरूको एक्स खाता बन्द गरायो « Khabarhub

भारतले चिनियाँ सञ्चारमाध्यमहरूको एक्स खाता बन्द गरायो


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले विभिन्न चिनियाँ सरकारी सञ्चारमाध्यमको एक्स एकाउन्टहरू आफ्नो देशबाट नदेखिने गरी बन्द गराएको छ । भारतले हालैको भारत र पाकिस्तानबीच भएको सैन्य तनावका बेला चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले पाकिस्तानको पक्षमा प्रोपोगान्डा फैलाएको आरोप लगाएको थियो ।

अरुणाञ्चल प्रदेशका केही स्थानलाई चीनले आफ्नो भन्दै नाम परिवर्तन गरेकोप्रति विरोध गरेको सन्दर्भका बीच भारतको यो कदम आएको द गार्जियन न्युजले जनाएको हो ।

भारतले आफ्नो देशबाट नदेखिने गरी बन्द गराएका चिनियाँ सञ्चारमाध्यमहरूको एक्स एकाउन्टहरूमा चीनको सरकारी समाचार संस्था सिन्ह्वा र ग्लोबल टाइम्स छन् । त्यसैगरी टर्कीको टीआरटी वर्ल्डको एक्स खाता पनि बन्द गराएको छ । टर्की र चीनले पाकिस्तानको पक्ष लिएको भारतको आरोप छ । तर, कानुनी चुनौती दिएपछि ग्लोबल टाइम्सको एकाउन्ट भने बिहीबारबाट खोलिएको बताइएको छ ।

गत हप्ता पनि भारतले आफ्ना नागरिकहरूसहित हजारौँ सामाजिक सञ्जाल एकाउन्टहरूलाई भारतबाट नदेखिने गरी बन्द गराएको थियो । उक्त कदमपछि प्रेस स्वतन्त्रताका पक्षधरहरूले व्यापक आलोचना गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : १६ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।