टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल « Khabarhub

टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ। आजको खेलमा नेपाल र नेदल्यान्ड्स दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोलीको घोषणा गरेको छ। यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार सोमबार साँझ ७ः४५ बजे सुरु हुनेछ।

कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउँदा नयाँ खेलाडीले अवसर पाएका हुन् । सोमपाल र गुल्सन अभ्यासकोक्रममा घाइते भएका हुन्।

स्कटल्यान्डमा विश्वकप लिग–२ को सिरिजपछि टी–२० सिरिज हुन लागेको हो। विश्वकप लिग–२ मा नेपालले चार खेल खेल्दा तीन जित हात पारेको छ।

नेपाली टिम
कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ४२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता