अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल « Khabarhub

अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्लब विश्वकप फुटबलको आइतबार भएको समूह ‘सी’को खेलमा वायरन म्युनिखले अकल्यान्ड सिटीलाई १०-० ले हराएको छ। सो खेलमा जमाल मुसियलाले ह्याट्रिक गरे। म्युनिखका लागि थोमस मुलरले दुई गोल प्रहार गरे।

खेलको छैटौँ मिनेटमा किङ्ले कोम्यानको गोलमा वायरनले अग्रता लिएको थियो। त्यसको १२ मिनेटपछि साचा बोयले अर्को गोल गरेका थिए। माइकल ओलिसेले अर्को गोल थप्दा म्युनिख तेस्रो गोलको अग्रता लिन सफल भएको थियो। २२ औँ मिनेटमा कोम्यानले अर्को गोल गरे।

वायरनका लागि अन्तिम सिजन खेली रहेका मुलरले ४५ औँ मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा ओलिसेले थप गोल गरे। ओलिसीले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।

दोस्रो हाफमा बेन्चबाट आएको मुसियलाले पेनाल्टी मार्फत ६७ औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि पेनाल्टी मार्फत गोल गरेका उनले ८४ औँ मिनेटमा ह्याट्रिक पुरा गरे। मुलरले वायरनका लागि अन्तिम गोल गर्दै १०-० को शानदार जित निकालेका हुन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान